काठमाडौँ, १ असोज । सामाजिक सञ्जाल मार्फत समाजमा अराजक गतिविधि फैल्याउने कार्यमा संलग्न रहेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगन्ज महानगरपालिका-१५ लक्ष्मणवा बस्ने २१ वर्षीय ओम कुमार पटेललाई आज पक्राउ गरेको हो ।
फेसबुक, टिकटक, इन्स्टाग्राम, ट्विटर लगायतमा किङ अफ पारस भन्ने आइडी बनाएर हतियार प्रदर्शन गरेको आरोपमा पर्साबाट एक जनालाई प्रहरीले पक्राउ गरेको हो । पटेलले सामाजिक सञ्जालमा हतियार तरवार देखाएर भिडिओ राखेको र अपशब्द प्रयोग गरी गाली गरेका थिए ।
समाजमा द्वन्द सिर्जना हुने काम गरेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको हो । उनीमाथि सार्वजनिक शान्तिविरूद्धको कसुरमा अनुसन्धान अघि बढाएको छ ।










प्रतिक्रिया दिनुहोस्