Banner News

प्रहरीको ईन्काउन्टरमा मारिए खत्री



ललितपूर २३ साउन । सोमबार ललितपुरको कुसुन्तीमा प्रहरीको इन्काउन्टरमा प्रवीण खत्रीको मृत्यु भएको छ ।

खत्रीलाई महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले ईन्काउन्टरमा परेको हो । उनी लागूऔषधको कारोबारमा संलग्न रहेको प्रहरीको भनाई छ ।

खत्रीसँग हतियार रहेको सुराकीका आधारमा महानगरीय अपराध महाशाखा टेकुका डिएसपी अजय केसी नेतृत्वको टोलीले उनको घर अप्रेसनमा चलाएको थियो ।

महाशाखा प्रमुख एसएसपी दिनेश अमात्यले घर घेरेको थाहा पाएपछि उनी कौशीबाट हाम फालेर भाग्न खोजेर प्रहरीलाई गोली चलाएपछि जवाफी कारबाहीमा उनको ज्यान गएको अमात्यको भनाई छ ।

साढे दुई तले घरको कौशीबाट हाम फालेको डिएसपी अजय केसीले बताए । ‘हाम फालेर उनले प्रहरीलाई ताकेर गोली चलाएपटि कसैलाई गोली नलागेको र आफ्नै कन्चटमा गोली हानेको केसीको भनाई छ । प्रहरीले चलाएको गोली भने खत्रीको घुँडा मुनि लागेको थियो ।