काठमाडौँ, ४ असोज । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हुम्लाले असोज ६ गतेदेखि प्रतिकेजी पाँच छुटमा खाद्यान्न बिक्री गर्ने भएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालयका अनुसार हिन्दुहरूको महान् चाडपर्व दसैँ, तिहारलाई लक्षित गरी सहुलियत मूल्यमा खाद्यान्न बिक्री गर्न लागिएको हो ।
कार्यालयले नागरिकलाई २५ केजीका छ किसिमका चामल बिक्री गर्दै आएको छ । तोरी तेल र सूर्यमुखी तेलमा पनि प्रतिलिटर रु सात छुटमा बिक्री हुने भएको छ ।
अरुवा मोटा चामलको रु एक हजार ५२५, अरुवा सोना मन्सुली रु एक हजार ७२५, स्टिम जिरामसिनो रु दुई हजार २५० मा बिक्री गरिने भएको व्यापार कम्पनीले जनाएको छ ।
पच्चीस केजी बोराका विभिन्न चामलको प्रतिबोराबाट रु १२५ छुटमा बिक्री हुन लागेको हो । यस्तै सूर्यमुखी तेल प्रतिपेटीको रु दुई हजार २३० र तोरी तेलको प्रतिपेटी रु दुई हजार ३० मा विक्री हुन लागेको हो ।
सहुलियत मूल्यमा खाद्यान्न बिक्री असोज ६ देखि असोज १५ गतेसम्म बिक्री गरिने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्