राजनीति

दशैँको घटस्थापना अघि मेलम्चीको पानी काठमाडौँ ल्याउने तयारी



काठमाडौँ, ४ असोज । काठमाडौँका बासिन्दाले दशैँको घटस्थापना अघि मेलम्चीको पानी पाउने भएका छन् । दशैँ अगाडि नै मेलम्चीको पानी उपलब्ध गराउन खानेपानीमन्त्री प्रदीप यादवले दिनुभएको निर्देशनअनुसार अहिले मेलम्ची खानेपानी विकास समितिले काम गरिरहेको छ ।

काठमाडौँमा जतिसक्दो चाँडो मेलम्चीको पानी ल्याउने गरी काम भइरहेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले जानकारी दिनुभयो । अहिले काठमाडौँमा बिग्रीएका तथा भत्किएका खानेपानीका पाइप मर्मत गर्ने काम भइरहेको छ ।

वर्खायाम शुरु भएसँगै धमिलो आउन थालेपछि र बाढीले क्षति गर्ने भएका कारण काठमाण्डौ उपत्यकामा गएको असार १० गतेदेखि पानी ल्याउन बन्द गरिएको थियो । बाढीको सम्भावना कम भएसँगै काठमाडौँमा पानी वितरण गर्ने योजनाअनुसार तयारी भइरहेको छ ।