राजनीति

पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित



काठमाडौँ, ४ असोज । नेपाल पत्रकार महासंघको निर्वाचन कार्यक्रम स्थगित भएको छ ।

केन्द्रीय निर्वाचन समितिले आज सूचना जारी गरी अर्को सूचना जारी नभएसम्मका लागि निर्वाचन कार्यक्रम स्थगित भएको जानकारी दिएको हो ।

नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि यही असोज १२ गते मतदान गर्ने कार्यतालिका थियो । त्यसका लागि उम्मेदवारको मनोनयन दर्ता असोज ४ गते (आज) निर्धारण गरिएको थियो ।