अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, ४ असोज । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १५ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ५७ हजार १ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढेर प्रतितोला १९ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।