समाचार

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु



काठमाडौँ, ४ असोज । रौतहटमा गएराति भएको मोटरसाइकल दुर्घटनामा परेर एकजना युवकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यलय रौतहटका अनुसार कटहरिया बजारदेखि पश्चिम लालबकैया पुल पारी कटहरिया गम्हरीया सडक खण्डमा गएराति ७ बजे मधेस प्रदेश ०३–०२८ प ४९४१ मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको थियो ।

दुर्घटनामा कटहरिया नगरपालिका–९ डुमरियाका वर्ष २६ का रामजन्म पासवानको मृत्यु भएको हो ।

तीव्र गतिमा रहेको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका पासवानको कटहरियामा उपचार सम्भव नभएपछि  थप उपचारको लागि प्रादेशिक अस्पताल  गौर पठाइएकोमा उपचारकै क्रममा  मृत्यु भएको  हो । मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको प्रहरीले जनाएको छ ।