राजनीति

मन्त्री अधिकारीलाई डेंगु सङ्क्रमण



काठमाडौँ, ४ असोज । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीलाई डेंगु सङ्क्रमण भएको छ ।

सङ्क्रमित मन्त्री अधिकारी अहिले अस्वस्थ भएर भैंसेपाटीस्थित मन्त्री क्वाटरमै आराम गरिरहेका छन् । एक कार्यक्रमका लागि विराटनगर गएका उनी पाँच दिनअघि नै काठमाडौँ फर्किएका थिए । विराटनगरबाट फर्किएपछि उनलाई डेंगु सङ्क्रमण पुष्टि भएको हो ।

 ‘म अहिले निकै अस्वस्थ भएको छ । ज्वरो आएर जिउ नै गलिरहेको छ । मैले दाङ जाने कार्यक्रम पनि स्थगित गरेको छु ।’ उनले भने ।