राजनीति

राजनीतिक अपराधिकरण बढ्न थाल्यो : मन्त्री गुरुङ



काठमाडौँ, ४ असोज । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङले अहिले राजनीति अपराधिकरण र फोहोरी खेल बढेर गएको बताएका छन् । 

संविधान दिवसको उपलक्ष्यमा आयोजित सांस्कृतिक पुरस्कार वितरण कार्यक्रममा बोल्दै उनले, राजनीति आफैँमा फोहोरी खेल नभएको तर राजनीतिलाई गलत रूपमा प्रयोग गर्ने गरिएको बताए । उनले राजनीतिमा आपराधिक क्रियाकलापको अन्त्य हुनुपर्नेका जोड दिए । 

उनले भने,‘राजनीति चाहिँ अहिले फोहोरी हुँदै गएको छ । पहिला पनि राजनीति भनेको चाहिँ फोहोर खेल हो भनेर शिक्षकहरूले विद्यार्थीहरूलाई सिकाइरहेको पाइन्थ्यो । त्यो गलत कुरा थियो । राजनीति फोहोरी खेल होइन । तर राजनीतिमा जुन किसिमको आपराधिक क्रियाकलाप र अपराध राजनीतिकरण भइरहेको छ त्यो अन्त्य हुनुपर्छ ।’