सम्पादकीय

केसी इन्काउन्टर : हत्या कि आत्महत्या



ललितपुर, २४ साउन । लागूऔषधको कारोबारीमा नाम जोडिएका एक युबक प्रहरी इन्काउन्टरमा मारिएका छन् । महानगरीय अपराध महाशाखा टेकुले लागूऔषधको कारोबारीमा नाम जोडिएका ललितपुरका प्रबिण केसीलाई इन्काउन्टर गरेको हो ।

लागूऔंषध कारोबारी केसीले अबैध हतियार राखेको गोप्य सूचनाको आधारमा कुशन्तीस्थित उनको घरमा छापा मार्न अप्रेशन चलाएको थियो । महाशाखाबाट गुण्डागर्दी हेर्ने चार नम्बर पिलरका डिएसपी अजय केसीको नेतृत्यमा टोली खटिएको थियो ।  मृतक केसीले प्रहरीले घर घेरा हालेको देख्नसाथ घरको दुई तल्ला माथिको कौशीबाट हाम फालेर भाग्न खोजेका थिए ।

तर, उनको प्रयास प्रहरीको गोलीले असफल बनायो । प्रहरीले चलाएको गोली घुँडामा लागेपछि भुईमा ढलेका केसीले आफूले बोकेको हतियारले आफ्नै कन्चटमा गोली हानेर आत्माहत्या गरेको दाबी प्रहरीले गरेको छ । महाशाखा प्रमुख एसएसपी दिनेश अमात्यले प्रहरीले घर घेरेको थाहा पाएपछि उनी कौशीबाट हाम फालेर भाग्न खोजेको र प्रहरीतर्फ गोली चलाएको बताएका छन् ।

प्रहरीले घर घेराउ गर्दा खत्री श्रीमतीसँगै कोठामा रहेको र प्रहरी आएको थाहा पाएपछि उनले दुई तला माथिको कौशीमा गएर हाम फालेको डिएसपी अजय केसीले बताए । ‘हाम फालेर उनले प्रहरीलाई ताकेर गोली हानेका थिए, तर कसैलाई लागेन त्यसपछि उनले आफ्नै कन्चटमा गोली हाने,’ केसीले भने । प्रहरीले चलाएको गोली भने खत्रीको घुँडाभन्दा मुनि लागेको उनको भनाई छ । तर, प्रहरीले हानेको गोलीले केसीको मृत्यु भयो कि उनी आफैले आत्महत्या गरे त्यो पनि पछि खुल्दै जानेछ । जनप्रहार साप्ताहिकमा समाचार छ ।