Banner News

प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच भेटवार्ता 



काठमाडौँ, ७ असोज । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । 

संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबीच आज भेटवार्ता भएको हो । 

बिहान करिब ४ बजे भएको भेटवार्ता आधा घण्टासम्म चलेको थियो । भेटमा द्विपक्षीय सम्बन्धका विभिन्न विषयमा छलफल भएको छ । प्रधानमन्त्री ओलीले भेटवार्ता फलदायी भएको बताएका छन् ।

भेटमा परराष्ट्रमन्त्री आरजु राणा देउवा, भारतीय समकक्षी एस जयशंकर प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णु रिमाल तथा दुवै देशका परराष्ट्र सचिव सेवा लम्साल र विक्रम मिश्री पनि सहभागी थिए । 

भेटमा सहभागी परराष्ट्रमन्त्री डा. राणाले भेटवार्ता सौहार्दपूर्ण भएको र भारतीय प्रधानमन्त्री मोदीले चाँडै नेपालको भ्रमण गर्ने जानकारी दिइन् ।