समाचार

भ्यान दुर्घटना हुँदा १३ जना घाइते



संखुवासभा, ७ असोज । खाँदबारीबाट तुम्लिंङटार जाँदै गरेको भ्यान दुर्घटना हुँदा १३ जना घाइते भएको छन् ।

तुम्लिङटारबाट खाँदबारी र खाँदबारीबाट तुम्लिङटार आउँदै गरेको भ्यान र ईभी भ्यान सोमबार खाँदबारी नगरपालिका-९ स्थित कार्कीडाँडामा एकआपसमा ठोक्किएका थिए । भ्यान ठोक्किँदा भोजपुर षडानन्द नगरपालिकाका रितेश श्रेष्ठ, मिना तामाङ, रामबहादुर विक, हिरा विक, मोहन तामाङ, मचिन्द्र विष्ट र राजकुमार राई घाइते भएका छन् ।

त्यस्तै, खाँदबारी नगरपालिकाका सलिना बोहरा, शान्ति घिमिरे पनि घाइते भएका छन् । त्यस्तै, ईभी भ्यानमा सवार सभापोखरी-२ की उर्मिला खनाल र उसाल खनाल, खाँदबारी-४ का हर्क गुरुङ र चालक लाक्पा गुरुङ घाइते छन् । घाइतेहरुको जिल्ला अस्पताल संखुवासभामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।