मनोरञ्जन

पेरिस फेसन वीकमा आलिया



काठमाडौँ, ८ असोज । बलिउड अभिनेत्री आलिया भट्टले पेरिस फेसन विकमा सौन्दर्य छरेकी छन् ।

उनले प्रतिष्ठित पेरिस फेसन सप्ताहको यो संस्करणमा डेब्यु गरेकी छन् । पेरिस फेसन वीकमा सोमबार उनले मेटालिक सिल्भर फिटको पहिरन लगाएर यो फेसन मेलामा आफूलाई प्रस्तुत गरेकी हुन् ।

आलिया केन्डल जेनर, कारा डोलिभिङ र अन्य चर्चित मोडलसँग र्‍याम्पमा देखा परिन् । उनी पेरिसको प्लेस डे ल’ ओपेरामा ‘वाक योर वर्थ’ कार्यक्रममा हिंडेकी हुन् ।

आलिया ऐश्वर्या राय बच्चन, अजा नाओमी किङ, सिन्डी ब्रुना, कारा डेलेभिङ्ने, केन्डल जेनर, लुमा ग्रोथे र अन्यसँगै र्‍याम्पमा देखा परिन् । उनीहरुले हातमा गुलाब बोकेका थिए ।