अर्थ

परिसूचक नेप्सेमा उच्च अंकको गिरावट



काठमाडौँ, ८ असोज । आज सेयर बजार परिसूचक (नेप्से) मा उच्च गिरावट आएको छ । २

५२९ बिन्दुबाट सुरु भएको कारोबार ५८.९३ अंकले घट्दै परिसूचक २४७० बिन्दुमा ओर्लिएको हो । 

समग्रमा २.३३ प्रतिशतले घटेको बजारमा ५ अर्ब ६८ करोड ९५ लाख रुपैयाँको कारोबार भएको छ । आज ३०९ कम्पनीको १ करोड ५५ लाख कित्ता सेयर खरिदबिक्री भयो । 

मंगलबार २३३ कम्पनीको सेयर मूल्य घटेको छ । १० कम्पनीको मूल्य बढ्दा एउटाको स्थिर रह्यो । आज माथिल्लो स्याङ्गे जलविद्युतको मूल्य ७.८३ प्रतिशतले बढेको छ । बढेका अन्य कम्पनीको मूल्य ५ प्रतिशत पनि उक्लिन सकेन । 

हिमालयन हाइड्रोपावरको मूल्यमा भने नकारात्मक सर्किट लाग्यो । त्यस्तै नेपाल फाइनान्स लिमिटेडको सेयर मूल्य ८.७४ प्रतिशतले घटेको छ । बुद्धभूमि नेपाल जलविद्युत कम्पनीको मूल्य पनि ८ प्रतिशतले घट्यो ।