राजनीति

निर्वाचन आयोगद्वारा उपनिर्वाचनका लागि दल दर्ता आह्वान



काठमाडौँ, ९ असोज । निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि दल दर्ताको आह्वान गरेको छ । संविधानको धारा २७१ बमोजिम आयोगले आगामी मंसिर १६ गते तय भएको उपनिर्वाच्नका लागि दल दर्तासम्बन्धी सूचना निकालेको हो । 

दल दर्ताका लागि निवेदन दिँदा राजनीति दलसम्बन्धी नियमावली, २०७४ को अनुसूची–१२ बमोजिमको ढाँचामा निवेदन दिनुपर्ने छ । यस्तै दलको विवरण, वार्षिक लेखा परीक्षण प्रतिवेदन, संगठनात्मक स्वरुपसहितका आवश्यक कागजात दल दर्ताका लागि निवेदन दिँदा पेस गर्नुपर्ने आयोगको सूचनामा उल्लेख छ ।