अमेरिका, १० असोज । परराष्ट्रमन्त्री आरजु राणा देउवाले अहिलेको अशान्त परिस्थितिलाई पहिचान गरी दिगो शान्तितर्फ अग्रसर आवश्यक रहेको बताएकी छन् ।
संयुक्त राष्ट्र संघ (यूएन) को महत्त्वपूर्ण अंग सुरक्षा परिषद्मा सम्बोधन गर्दै परराष्ट्रमन्त्री राणाले परराष्ट्रमन्त्री राणाले यूएनको स्थापनासँगै कठिन रुपमा प्राप्त गरेको शान्ति र प्रगति भूराजनीतिक र प्रतिस्पर्धाले मानवीय संकटमा उत्पन्न भएको प्रस्ट पारिन् । सुरक्षा परिषद्को ‘शान्तिको लागि नेतृत्वः संयुक्त राष्ट्र बडापत्रको सम्मान र सुरक्षित भविष्यको खोजीमा एकजुट’ को शीर्षकमा भएको उच्चस्तरीय खुला बहसमा परराष्ट्रमन्त्री राणाले अहिलेको समस्या र द्वन्द्वलाई समाधान गर्नका लागि हालको सुरक्षा परिषद् (सदस्यहरूबीच) मा ऐक्यबद्धता हुन आवश्यक रहेको बताएकी हुन् । उनले त्यसलाई लागि कुटनीति, मध्यस्थकर्ता र शान्ति मिसनद्वारा काम गर्न आवश्यक रहेको बताइन् ।
उनले भनिन्, ‘हामीले सँगै अशान्त परिस्थितिलाई पहिचान गरी दिगो शान्तितर्फ अग्रसर हुन आवश्यक छ । निष्पक्षता, समानता, समावेशीता र न्यायको लागि हामीले राष्ट्र संघलाई पुनर्संरचना गर्ने अनिवार्य भएको छ । ठूला वा साना, शक्तिशाली वा कमजोर, धनी वा गरिब जे पनि भए हामीलाई बृहत् प्रतिनिधित्व गर्ने, लोकतान्त्रिक, पारदर्शी, जवाफदेही सुरक्षा परिषद् चाहिन्छ । जसले यूएनको कामलाई प्रभावकारी रुपमा बढाउन भूमिका लेख्नु पर्छ । हामीले क्षेत्रीय संगठन र अन्तर्राष्ट्रिय आर्थिक संस्थाहरूले द्वन्द्वलाई कम गर्ने र शान्तिका लागि वातावरण बनाउन भूमिका खेल्नु पर्छ,’ राणाले भनिन्,‘नेतृत्वकर्ताहरुले फरक कुराबाट माथि उठेर र समान लक्ष्यको लागि काम गर्नु पर्छ । जसले सबैका लागि सुरक्षित भविष्य निर्माण गर्छ । हामीले यी तमाम चुनौतीहरूको सामना गर्दै गर्दा हामीले एकता, सम्मान र जिम्मेवारीलाई पूरा गर्नु पर्छ । हाम्रो नेतृत्वको प्रतिकूलताको अवस्थामा मापन हुन्छ । नियममा आधारित बहुपक्षीयता, मानव अधिकार र दिगो विकास आवश्यक छ । बलियो राजनीतिकले यूएनलाई केन्द्रमा राखेर हामीले अन्तर्राष्ट्रिय कानुनलाई पछ्याएर पुन: प्रतिबद्धता गर्नुपर्छ ।’
प्रतिक्रिया दिनुहोस्