अर्थ

परिसूचक नेप्से ३२.८१ अंकले घट्यो



काठमाडौँ, १० असोज । सेयर बजार परिसूचक (नेप्से)मा आज ३२.८१ अंकको गिरावट आएको छ । बुधबार ४९ अंकले बजार बढेको थियो ।

यो साता मात्रै समग्रमा नेप्से परिसूचकमा १०२ अंकको गिरावट आएको छ । आइतबार बजार २५८८ बिन्दुमा पुगेर रोकिएको थियो । साताको अन्तिम कारोबार दिन आज, बिहीबार परिसूचक २४८६ बिन्दुमा छ । 

आज सेन्सेटिभ इन्डेक्स १.१७ प्रतिशतले घटेको छ । व्यापार उपसमूहको सूचक १ प्रतिशतले बढेको छ । बाँकी सबै उपसमूहको सूचक घट्यो । बिहीबार २०१ कम्पनीको सेयर मूल्य घटेको छ । ३९ कम्पनीको बढ्दा ४ कम्पनीको स्थिर रह्यो । आज कुल १ करोड ३६ लाख ९१ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ८४ करोड १४ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।