काठमाडौँ, ११ असोज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले काम गर्न नसक्ने कर्मचारीहरुलाई पदमा बसिरहने छुट नरहेको बताएका छन् ।
पर्यटन दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री पाण्डेले नेपालको कुल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान बढाउन चाहेको बताएका छन् । पर्यटन क्षेत्रको जीडीपी बढाउन निजी क्षेत्रले सहयोग हुनुपर्ने बताएका हुन् । त्यसका लागि सरकारले आवश्यक नीति, कानुनन बनाउन तयार रहेको मन्त्री पाण्डेले बताए । ‘हिउँदे अधिवेशन हाम्रो संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको इतिहासमा कानुन बनाउने अधिवेशन हुनेछ’, उनले भने ।
उनले भने, ‘हामी हाम्रो विविधतापूर्ण संस्कृति र प्रकृतिलाई व्यापक बनाउने दिशामा अघि बढ्नेछौँ । हामी हाम्रो जिडिपीमा पर्यटन क्षेत्रको योगदानलाई बढाउन चाहन्छौँ । निजी क्षेत्र अघि नलागेसम्म हाम्रो मन्त्रालयले कुनै काम गर्न सक्दैन । निजी क्षेत्र अघिअघि र हाम्रो मन्त्रालय पछिपछि हुन्छ । कोही पनि निकायको प्रमुख यदि काम गर्न सक्दैन भने त्यसले त्यो निकायमा बस्ने छुट राख्दैन । त्यसका लागि कानुन हेरिरहनु पर्दैन, त्यसका लागि कुनै व्यवस्था हेर्नु पर्दैन, जनता छ, जनता सार्वभौम सत्ता सम्पन्न छ ।’
प्रतिक्रिया दिनुहोस्