काठमाडौँ, १२ असोज । लगातारको झरीका कारण खोला नदीमा आएको बाढीले बनाउँदा झापामा दुईजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा टीकाराम चौधरी र १४ वर्षीया नेहारिका राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
शुक्रबार साँझ झापाको कमल गाउँपालिका–१ स्थित किस्ने खोलामा माछा मार्ने क्रममा सोही ठाउँका ३५ वर्षीय टीकाराम चौधरीलाई खोलाले बगाएको थियो ।
त्यसैगरी कचनकवल गाउँपालिका–१ स्थित चमरभित्ताबाट झकुवा टोल आउँदै गरेकी सोही ठाउँकी पञ्चु राजवंशीकी १४ वर्षीया छोरी नेहारिकालाई जमुवा खोलाले बगाएको छ ।
दुवैजनाको खोजीमा स्थानीय प्रहरी र स्थानीवासीहरू जुटे पनि फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्