समाचार

झ्याप्ले खोला पहिरोबाट २७ जनाको शव निकालियो



काठमाडौँ, १३ असोज । झ्याप्ले खोला पहिरोमा पुरिएका बसहरूबाट २७ जनाको सब निकालिएको छ ।

नेपाली सेना नेपाल प्रहरी सशस्त्र प्रहरीको टोलीले नागढुङ्गा भन्दा मुनि रहेको झ्याप्ले खोलामा गएको पहिरो हटाउने काम गरिरहेको छ । 

धादिङ प्रहरीका अनुसार पहिरोबाट अहिलेसम्म २७ जनाको शव निकालिएको छ । हिजो शनिबार १४ जना र आज बिहान १३ जनाको सब निकालिएको  छ ‌ । 

पहिरोले तीनवटा जति बस पूर्णरुपमा पुरेको अनुमान गरिएको छ । डोजर स्काभेटर लगायतका उपकरणहरू प्रयोग गरेर अहिले पहिरो काम भइरहेको छ । माथिबाट ठुलो पहिरो खसेको देखिन्छ र पहिरोले छ सातवटा सवारी साधनमा क्षति पुर्‍याएको छ । वसपुरीको भगनावेश श्रेष्ठ हटाउन र मृतकहरूको थप उद्धार गर्नका लागि सुरक्षाकर्मीहरू परिचालन गरिएको छ ।