अर्थ

मधेस सरकारले दैवी प्रकोप उद्धार कोषमा ५१ लाख सहयोग गर्ने



काठमाडौँ, १८ असोज । मधेस प्रदेश सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गर्ने भएको छ । 

आज बसेको मन्त्रीसहित प्रदेश सरकारमा सहभागी सत्तारुढ दलहरूको संयुक्त बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।

बैठकले प्रदेश सरकारको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहतस्वरुप आर्थिक सहयोग गर्ने निर्णय गरेको मुख्यमन्त्री सतिस सिंहले जानकारी दिए । बाढी पहिरोबाट देशका अधिकांश ठाउँमा क्षति पुगेकाले केन्द्र सरकारलाई सहयोग गर्ने निर्णय भएको मुख्यमन्त्री सिंहले बताए ।