काठमाडौँ, १९ असोज । राष्ट्रिय मानवअधिकार आयोगले आम उपभोक्ताको अधिकारप्रति संवेदनशील भई सार्वजनिक यातायातलाई सर्वसुलभ बनाउन तीन तहको सरकारलाई आग्रह गरेको छ ।
आयोगले विज्ञप्ति निकालेर हवाई यातायातलाई सबैको पहुँचयुक्त बनाउन, आम उपभोक्ताका आधारभूत आवश्यकताका सामग्रीको मूल्य निर्धारण र सहज पहुँचका लागि जिम्मेवार निकायबाट हुने अनुगमनलाई प्रभावकारी बनाउन आग्रह गरेको हो ।
आयोगले बाढीपहिरोका कारण उत्पन्न परिस्थिति तथा चाडपर्वको बेला यातायातका साधनले तोकिएको मूल्यभन्दा बढी भाडा लिएको, दैनिक उपभोग्य सामग्रीमा मूल्यवृद्धि भएको तथा हवाई यातायातको भाडामा नागरिकको पहुँच पुग्न नसकेको जनाएको छ ।
आयोगले बाढीपहिरो र डुबानबाट ठूलो जनधनको क्षति बेहार्नुपरेको यस सङ्कटको अवस्थामा व्यावसायिक उत्तरदायित्व बहन गर्दै राज्यलाई सहयोग गर्नु तथा नागरिकको पीडामा मलम लगाउनु व्यावसायिक क्षेत्रको पनि दायित्व रहने उल्लेख गरेको छ ।
प्रतिक्रिया दिनुहोस्