सम्पादकीय

मेलम्चीमा फेरि पुसको भाका



सिन्धुपाल्चोक, २६ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले मेलम्ची खानेपानी आयोजनाको काम तीव्ररुपमा अघि बढाउन निर्देशन दिएका छन । बुधबार मेलम्ची खानेपानी आयोजनाको स्थलगत निरीक्षणका क्रममा मेलम्ची आइपुगेका उनले बहुप्रतिक्षित यो आयोजनाको काम यथाशीघ्र सम्पन्न गर्ने निर्देशन दिए ।

आयोजनाको स्थलगत निरिक्षणमा बुधबार दिउँसो हेलिकोप्टरबाट यस क्षेत्रमा आउनु भएका उहाँ कनै पनि बाहनामा राष्ट्रिय गौरवको यो आयोजनामा ढिलाई गर्न नहुने बताए ।

यसअघि विभिन्न बाहनामा ढिलाइ भइरहे पनि अब थप ढिलाई गर्न नहुने उनको भनाई थियो । ‘राजधानीमा मेलम्चीको पानी लैजाने विषयमा पैसाको कुनै चिन्ता नलिनूस,’ निरीक्षणका क्रममा आयोजनाका अधिकारीहरुसँग उहानले भने, ‘तीव्ररुपमा काम गर्नुस, छिट्टै मेलम्चीको पानी राजधानी पु¥याउनुपर्छ, । समाचारपत्रमा समाचार छ ।