काठमाडौँ, २० असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बाढीपहिरोमा परेर घाइते भएकाहरूलाई भेटेका छन्।
काभ्रेको धुलिखेल अस्पतालमा उपचार गराइरहेका विपदमा परेर घाइते भएकाहरूसँगको भेटमा स्वास्थ्य मन्त्री पौडेलले निको नहुँदासम्म राज्यले नि:शुल्क उपचार गर्ने बताएका हुन्।
‘बाढीपहिरो प्रभावित काभ्रेको धुलिखेल अस्पतालमा उपचाररत बिरामीको नि:शुल्क उपचार र सेवाको गुणस्तरबारे जानकारी लिँदै पूर्ण निको नहुँदासम्म सरकारले उपचार गर्ने प्रतिबद्धता मन्त्री पौडेलको छ,’ मन्त्रालयले भनेको छ ।
साथै विपद्का कारण स्वास्थ्य केन्द्र भत्किएर टेन्टमा उपचार सेवा प्रदान गरिरहेका स्वास्थ्यकर्मीका समस्या समाधानका लागि पहल गरिने पनि मन्त्री पौडेलले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्