Banner News

डा. केसीको स्वास्थ्य अत्यन्तै जोखिसममा : स्चिकित्सकले आकस्मिकबाहेक सबै सेवा छाडे



काठमाडौं, २६ साउन । चिकित्सा शिक्षामा सुधार माग राखेर १७ दिनदेखि आमरण अनशन बसिरहेका डा. गोविन्द केसीको स्वास्थ्य अत्यन्तै जोमिपुर्ण अवस्थामा पुगेको चिकित्सकले बताएका छन् ।

चिकित्साकहरुले डा. केसीको स्वास्थ्यमा संक्रमणको उच्च जोखिम बढेको भन्दै बिशेष कारणबाहेक नजिक जान र भेट्नसमते रोक लगाएका छन् ।

केसीको स्वास्थ्य अवस्था अनुगमन गरिरहेको चिकित्सक टोलीका तर्फबाट वरिष्ठ फिजिसियन डा. दिब्यसिंह शाहले मुटुको चाल बारम्बर अस्थिर भई धेरैपटक २०० हाराहारीमा पुगिरहेको बताईन् ।