काठमाडौँ, २३ असोज । सुनसरीको हरिनगर गाउँपालिका–७ बाट प्रहरीले ५० हजार नक्कली रुपैयाँ सहित एक जना युवकलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार ३१ वर्षीय हजरूल खातुनलाई एक हजार दरका ५० थान नक्कली नोट र नियन्त्रित लागु औषध नाइट्रोजन १ सय ट्याब्लेटसहित पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय देवानगंज र प्रहरी चौकी घुस्कीहाटबाट खटिएको टोलीले हरिनगर–७ स्थित आरोपीको घरमा खानतलासी गर्दा नक्कली नोट र लागु औषध भेटिएको हो । आरोपीबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्