विश्व

भारतीय उद्योगपति रतन टाटाको निधन



काठमाडौँ, २४ असोज । भारतको प्रतिष्ठित व्यापारिक घराना टाटा ग्रुपका अध्यक्ष रतन टाटाको निधन भएको छ ।

उनी २० वर्षदेखि टाटा ग्रुपको अध्यक्ष थिए । उनी सोमबारदेखि मुम्बईको अस्पतालमा उपचाररत थिए । उनको ८६ वर्षको उमेरमा निधन भएको हो ।

उनको निधनले टाटा ग्रुपलाई अपूरणीय क्षति भएको ग्रुपले विज्ञप्ति जारी गरेर भनेको छ ।