काठमाडौँ, २५ असोज । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सुसंस्कृत समाज निर्माणका लागि दशैंले थप उत्साह मिल्ने विश्वास व्यक्त गरेकी छन् ।
विविध क्षेत्र र समुदायका दशैं मनाउने आ–आफ्नै विधि र परम्परा रहेको भएता पनि यो सम्पूर्ण नेपालीहरूको साझा चाड भएको पनि उनको भनाइ छ । यद्यपि यस वर्ष दशैंको पूर्वसन्ध्यामा आइपरेको मनसुनजन्य प्राकृतिक विपद्का कारण उत्पन्न परिस्थितिका कारण धेरैलाई यो दशैंअलि असहज र खल्लो पनि भएको उनले उल्लेख गरेकी छन् । यस्तो अवस्थामा दशैं पर्वलाई हामीले आ–आफ्नो परिवेश, परिस्थिति र गच्छेअनुसार तडकभडकरहित, मितव्ययी, तर खुसियालीका साथ मनाउनु पर्ने उनको भनाइ छ ।
बडा दशैं, २०८१ को अवसरमा एक शुभकामना सन्देश दिँदै उनले भनेकी छन्, ‘बडा दशैं पर्वले सम्पूर्ण नेपालीहरू बीचको सामाजिक सांस्कृतिक ऐक्यबद्धतालाई थप सुदृढ गर्दै न्यायपूर्ण‚ समतामूलक‚ सभ्य एवं सुसंस्कृत समाज निर्माणका लागि थप उत्साह, उमङ्गका साथ क्रियाशील रहन प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।’










प्रतिक्रिया दिनुहोस्