काठमाडौँ, २५ असोज । साल्टट्रेडिङ कर्पोरेशनले आसन्न तिहार छठ तथा नेपालसंवत् पर्वलाई लक्षितगरी थप चिनी भित्र्याउन सुरु गरेको छ ।
यस क्रममा बुधबार कर्पोरेशनले भारतबाट ५० किलोग्रामका दुई हजार दुई सय बोरा चिनी वीरगन्जस्थित आफ्नो गोदामघरमा भित्र्याएको जनाएको छ ।
कर्पोरेशनले थप चिनीको परिणाम भित्रिन सुरु भएकाले पर्वहरू एवं अन्य समयमा पनि चिनीको अभाव नहुने जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्