काठमाडौँ, २६ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले ९४ वर्षिया दाजु डुण्डीराज पौडेलबाट साइतमा यस वर्षको दसैँको टीका ग्रहण गरेका छन् ।
सोही अवसरमा राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट पनि टीका, जमरा र प्रसाद ग्रहण गरे । राष्ट्रपति कार्यालय शीतल निवासमा शनिबार बिहान राष्ट्रपति पौडेलले यसवर्षको दसैँको शुभ साइत ११ बजेर ३६ मिनेटमा टीका र जमरा लगाएका हुन् ।
सोही अवसरमा राष्ट्रपति पौडेलले आफूले टीका ग्रहण गरेपछि प्रथम महिला सबिता पौडेलसहित परिवारका सदस्यलाई पनि शुभसाइतमा टीकाजमरा लगाइदिएका उनको स्वकीय सचिवालयले जनाएको छ ।
विजया दशमीका उपलक्ष्यमा आजै दिउँसो राष्ट्रपति पौडेलले ३ देखि ३ : ३० बजेसम्म विशिष्ट व्यक्तित्व र साढे ३ देखि ५ बजेसम्म छ ।
प्रतिक्रिया दिनुहोस्