बर्दिया, २८ असोज । बर्दिया सदरमुकाम गुलरिया-८ स्थित नेपाल भारत सिमानामा आइतबार राति गोली प्रहार हुँदा एक जना घाइते भएका छन् ।
करिब ७ बजे खेतमा काम गरि रहेको समय उनी माथि गोली प्रहार भएको सशस्त्र प्रहरी बल ३१ नम्बर गणले जनाएको छ । गोली लागेको घटना राति ८ बजे प्रहरीलाई आफन्तले जानकारी गराएका थिए । घाइतेको उपचार जिल्ला अस्पताल गुलरियामा पुराइएको थियो । उपचार त्यहाँ सम्भव नभएपछि कोहलपुरस्थित शिक्षण अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका एसपी केदार खनालले जनाए ।
गोली कसले चलायो अनुसन्धान भइ रहेको छ । घाइते लोधले भारतीय वनकर्मीले चलाएको बयान दिएका छन् । उनको ढाडमा गोलीको छर्रा लागेको प्रहरीले जनाएको छ । थप अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्