मनोरञ्जन

बक्स अफिसमा आक्रामक ‘छक्कापञ्जा ५’



काठमाडौँ, २५ असोज । ‘छक्कापञ्जा ५’ले घरेलु बक्स अफिसमा आक्रामक कमाइलाई निरन्तरता दिइरहेको छ । अकुपेन्सीको ट्रेन्ड र टिकटको मूल्य दरलाई पछ्याउँदा फिल्मले आइतबारसम्म देशब्यापी साढे ६ करोड हाराहारीमा कलेक्सन गरेको छ ।

वितरण स्रोतले आधिकारिक हिसाब आउन बाँकी रहेको जनाएको छ । विहिबार १ करोड ८२ लाख (काठमाडौंमा ९७ र मोफसलमा ८५ लाख), शुक्रबार १ करोड ८५ लाख (काठमाडौमा १ करोड र मोफसलमा ८२ लाख), शनिबार १ करोड १० लाख र चौंथो दिनमा फिल्मले झण्डै २ करोड कमाएको प्रक्षेपण छ ।

कमाइको यो गति कायम रहे फिल्मले सोमबार ७ करोडको आँकडा सजिलै पार गर्ने निश्चित छ । कमाइको यो गति ‘छक्कापञ्जा’का अघिल्ला सिरिजको भन्दा तीव्र हो । विशेषगरि पारिवारिक दर्शकको उच्च चाप रहेकाले ‘छक्कापञ्जा ५’को गति तिहारसम्मै पुग्न सक्ने अनुमान छ ।

प्राप्त शोजलाई अकुपेन्सीमा बदल्नुपर्ने चुनौतिलाई ‘छक्कापञ्जा ५’ले सजिलै पुरा गरेको छ । यसपटक यो फिल्मको कमाइ काठमाडौं उपत्यकासँगै मोफसलमा पनि अधिक देखिएको छ ।