मनोरञ्जन

‘आउँथ्यो दशैं’ बन्यो यसवर्षको धेरै हेरिने दशैं गीत



काठमाडौँ, ३० असोज । गायक हेमन्त शर्माको गीत ‘आउँथ्यो दशैं’ यसवर्षको दशैं छेकोमा युट्युवमा सबैभन्दा धेरै पटक हेरिने दशैं गीत बनेको छ । दशैंको अन्तिम दिन कोजाग्रत पूर्णिमासम्म यो गीतलाई ७० लाखभन्दा बढी पटक हेरिएको छ ।

शर्माकै शब्द र संगीत रहेको गीतलाई मेलिना राई र हेमन्तले गाएका छन् । यो गीत दशैं याममा टिकटक, रिल्स लगायतका प्लाटफर्ममा निकै चलेको छ । हेमन्तको यो पहिलो दशैं गीत पनि हो ।