राजनीति

गौशाला सम्बन्धी निर्णय तत्काल स्थगन गर्न पर्यटन मन्त्रालयको निर्देशन



काठमाडौँ, १ कार्तिक । पर्यटन मन्त्रालयले गौशाला धर्मशालाका विषयमा पशुपति विकास कोष र सञ्चालक परिषदले गरेका निर्णय तत्काल स्थगन गर्न निर्देशन दिएको छ ।

असोज २० गते निर्णय गरेर धर्मशाला महानगरलाई सञ्चालन गर्न दिने निर्णय तत्कालका लागि स्थगन गर्न निर्देशन दिएको जनाइएको छ ।

महानगर र मारवाडी सेवा समितिबीच विवाद भएर प्रहरी परिचालन गर्नुपर्ने अवस्था आएपछि मन्त्रालयले निर्णय तत्काल स्थगन गर्न निर्देशन दिएको हो ।