समाचार

१० जनाजुवाडे पक्राउ



काठमाडौँ, २ कार्तिक । जुवातास खेलिरहेको अवस्थामा नेपाल प्रहरीले १० जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार सुनसरीको धरान उपमहानगरपालिका–१ बस्ने मदन ढकालको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका–१ बस्ने ५१ वर्षीय कुमार बहादुर बिश्वकर्मा समेत १० जनालाई बिहीबार साँझ पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५९ हजार ६ सय ८० रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।