सम्पादकीय

पूर्वाधार विकास बैंक स्थापना गर्न बाटो खुल्यो



काठमाडौँ, २८ साउन । नेपाल राष्ट्र बैंकले पूर्वाधार विकास बैंक स्थापना गर्न अनुमति दिएको छ । राष्ट्र बैंकले नीतिगत व्यवस्था गर्दै पूर्वाधार विकास बैंकको अनुमति खुलाएको हो । अब राष्ट्र बैंकले तोकेको प्रक्रिया पूरा गरेर लगानीकर्ताले पूर्वाधार विकास बैंक स्थापनाका लागि आवेदन दिन सक्नेछन् ।

मन्त्रिपरिषद्ले गत फागुनमा पूर्वाधार विकास बैंक स्थापना गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमा पूर्वाधार विकास बैंक स्थापनाका लागि आवश्यक इजाजत, नियमन र सुपरीवेक्षणसम्बन्धी नीतिगत व्यवस्था गर्ने घोषणा गरेको थियो ।

राष्ट्र बैंकले शुक्रबार ‘पूर्वाधार विकास बैंकको इजाजतसम्बन्धी नीतिगत व्यवस्था, २०७४’ जारी गर्दै पूर्वाधार विकास बैंकको अनुमति खुलाएको हो । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन–२०७३ मा भएको व्यवस्थाबमोजिम पूर्वाधार विकास बैंक स्थापनाको प्रक्रिया अघि बढाएको राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले बताए । यो निर्णयसँगै अब पूर्वाधार विकास बैंक स्थापनाको प्रक्रियाले गति लिने भएको छ ।

विदेशीलाई २० देखि ८५ प्रतिशत सेयर

विदेशी बैंक वा वित्तीय संस्थाको संयुक्त लगानी रहने पूर्वाधार विकास बैंकमा भने विदेशी लगानीकर्ताको न्यूनतम २० प्रतिशतदेखि अधिकतम ८५ प्रतिशतसम्म सेयर लगानी हुन सक्नेछ ।

सर्वसाधारण समूहको सेयर लगानी न्यूनतम १५ प्रतिशत हुनुपर्नेछ । तर, २० प्रतिशत वा सोभन्दा बढी ५० प्रतिशतभन्दा कम वैदेशिक सेयर सहभागिता हुने भएमा सर्वसाधारण समूहलाई न्यूनतम ३० प्रतिशत सेयर (कर्मचारीलाई छुट्याउने सेयरबाहेक) अनिवार्य रूपमा छुट्याउनुपर्नेछ । नपाँपत्रिकामा समाचार छ ।