सम्पादकीय

पेट्रोलियम व्यवसायीको आन्दोलन फिर्ता, छैन पेट्रोलको अभाव



काठमाडौं , २८ साउन । पेट्रोलियम व्यवसायीको आन्दोलनका कारण बजारमा देखिएको पेट्रोल अभाव अब नहुने भएको छ । नेपाल आयल निगमले माग सम्बोधन गरेपछि नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनले आन्दोलनका कार्यक्रम स्थागित गरेको जनाएको छ ।

‘हाम्रा माग आंशिक सम्बोधन भएकाले तत्कालका लागि आन्दोलन स्थागित गरेका छौँ’ अध्यक्ष प्रधानले भने, ‘लसको विषयमा विस्तृत अध्ययन गरेर अघि बढ्ने सहमति भएको छ ।’ निगमले प्राविधिक घाटाको मात्र प्रतिचार हजार लिटर पेट्रोलमा १० लिटर डिजेलमा तीन लिटर बढाउने निर्णय गरेको छ ।

यसअघि दिँदै आएको लस प्रतिचार हजार लिटरमा पेट्रोलमा ३५ बाट बढाएर ४५ लिटर र डिजेलमा २४ बाट बढाएर २७ लिटर दिने निर्णय भएको निगमका प्रवक्ता सीताराम पोख्रेलले बताए । नागरिकमा समाचार छ ।