एजेन्सी, २८ साउन । इजिप्टको उत्तरी क्षेत्रमा दुईवटा यात्रु रेल एक आपसमा ठोक्किँदा कम्तिमा ४१ जनाको ज्यान गएको छ ।
दुर्घटनामा परि एक सय २० जना भन्दा धेरै घाइते भएको इजिप्टका स्वास्थ्य अधिकारीले बताएका छन् । तटीय शहर एलेक्जान्ड्रियामा दुर्घटना भएको हो ।
राजधानी कायरोबाट आउँदै गरेको र पोर्ट सईदबाट आउँदै गरेको रेल नेपाली समय अनुसार शुक्रबार बेलुका ६ बजे ठोक्किएको हो । दुर्घटना लगतैदेखि उद्धार तथा राहतको काम भइरहेको सरकारी अधिकारीले बताएका छन् । दुर्घटनाको कारण खुलेको छैन ।
इजिप्टमा यस्ता प्रकृतिका रेल दुर्घटना निकै कम हुने गरेका छन् । यातायातमन्त्री हिशम अराफतले मानवीय त्रुटीका कारण दुर्घटना भएको हुन सक्ने बताउनुभएको बिबिसीले उल्लेख गरेको छ । मन्त्री अराफतले घटनाको छानबिन गर्न आदेश दिए छ ।
प्रतिक्रिया दिनुहोस्