समाचार

यौन व्यवसायमा लगाएको आरोपमा एक महिला पक्राउ



काठमाडौँ, ५ कार्तिक । बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा एक महिला पक्राउ परेकी छिन् ।

प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले कार्तिक २ गते नुवाकोटको तादी गाउँपालिका-३ घर भई काठमाडौँको मुलपानी बस्दै आएकी ४३ वर्षीय सीता गोतामेलाई पक्राउ गरेको हो  ।

उनले बन्धक बनाएर चार बालिकालाई यौन व्यवसायमा लगाएको पाइएको ब्यूरोले जनाएको छ । प्रहरीले उनको घरबाट चार बालिकको उद्धार समेत गरेको छ ।

उनले मुलपानीमा एक घर भाडामा लिएर घरमा भाडा माझ्ने, सरसफाइको काममा लगाउने र मासिक २० हजार रुपैयाँ दिने भन्दै बालिकालाई प्रलोभन देखाएर यौन व्यसायमा लगाएको पाइएको प्रहरीले जनाएको छ ।

बालिकालाई यौन व्यवसायमा लगाएर उनले प्रति ग्राहक १ हजारदेखि ३ हजार रुपैयाँसम्म लिने गरेको दाबी प्रहरीको छ । पक्राउ परेकी महिलाविरुद्ध मानव बेचबिखन तथा ओसारपसारको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।