काठमाडौँ, ५ कार्तिक । कृषि तथा पशुपन्छीको बीमा अनलाइनबाटै गर्न सकिने भएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बीमाको रियल टाइम सफ्टवेयर आजदेखि सञ्चालनमा ल्याएसँगै किसानले आफै बीमा गर्न सक्ने भएका हुन् ।
कृषि क्षेत्रमा सबैभन्दा बढी पशुधन बीमा हुने भएकाले सुरुमा सोको बीमा गर्न सकिने छ । यस्तै तरकारी बालीको पनि बीमा गर्न सकिने छ । तत्काललाई दुई बालीको बीमा अनलाइनबाट गर्न सकिने मन्त्रालयले जनाएको छ।
सफ्टवेयर सञ्चालन आएसँगै कृषि बीमा पारदर्शी हुने मन्त्रालयको दाबी छ । कृषि बीमामा आबद्ध रहेका १४ वटा कम्पनी छन् । किसानले कृषि बीमा गर्न नेपाल बीमा प्राधिकरणको webside मा जानू पर्ने छ । त्यहाँबाट user ID बनाई कृषि बीमा गर्न सकिने छ ।
प्रतिक्रिया दिनुहोस्