काठमाडौँ, ६ कार्तिक । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीसंग ‘गौर हत्याकाण्ड’मा संलग्नहरूलाई कार्बाही गर्न माग गरेका छन् ।
विपक्षी दलहरूको तर्फबाट प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउन गएका बेला साहले गौर हत्याकाण्डबारे बोल्दै त्यो घटनाका पीडितले न्याय पाउनुपर्ने माग गरे । पीडित परिवारलाई न्याय दिलाउँन आफ्नो पूर्ण साथ सहयोग रहने बताउँदै अध्यक्ष साह हत्याराहरु खुलेयाम घुमिरहदा समेत सरकार रमिते भएको आरोप लगाए । साहले उक्त घटनामा तत्कालीन मधेसी जनाधिकार फोरमका नेताहरू रहेकाले अहिले पनि ती नेताहरू अनुसन्धानको दायरामा नआएको बताउँदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्