काठमाडौँ, ६ कार्तिक । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले दफावार छलफलका लागि विधेयक रहेका संसदीय समितिका सभापतिहरू र प्रमुख दलका प्रमुख सचेतकसँग छलफल थालेका छन् ।
आज सभामुखको कार्यकक्ष सिंहदरबारमा छलफल जारी छ । संसद्को आगामी अधिवेशनमा बिजनेसको अभाव हुन नदिन सभामुखले सभापतिहरूलाई बोलाएका हुन् ।
अधिवेशन नभएको अवस्थामा सांसदहरू जिल्ला बाहिर हुने र समितिको कोरम पुर्याउन समेत कठिन भएको सभापतिहरूले सभामुखसँग गुनासो गरेपछि सभामुखले छलफल थालेका हुन् ।
बैठकमा उपसभामुख इन्दिरा राना, सत्तापक्ष एमालेका मुख्य सचेतक महेश कुमाल बर्तौला, कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे लगायतका व्यक्तिहरू सहभागी छन् ।
प्रतिक्रिया दिनुहोस्