काठमाडौँ, ८ कार्तिक । नेकपा एमालेका महासचिव शंकर पोखरेलले संकटका समयमा प्रतिपक्षी दल माओवादीले कुण्ठाग्रस्त मानसिकता र व्यवहारको जति आलोचना गरेपनि कमै हुने बताएका छन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र सत्ता वियोगका छटपटीबाट बाहिर निक्लन नसकिरहेकोले जे कुराको पनि विरोध गर्ने अभियानमा जुटेको आरोप लगाएका छन् । सङ्कटका समयमा प्रतिपक्षी दलको कुण्ठाग्रस्त मानसिकता र व्यवहारको जति आलोचना गरे पनि कमै हुने महासचिव पोखरेलले बताएका हुन् ।
उनले आफ्नो सामाजिक संजालमा भनेका छन्, ‘पुष्पकमल दाहालले जाजरकोट भुकम्पका वेलाको आफ्नो नेतृत्वको सरकारले राहत, उद्धार र पुनस्थापनाको काम के कसरी गरेको थियो भन्ने कुरा हेक्का नराखी वर्तमान सरकारले बाढी,पैरो र डुवानका समयमा काम गर्न नसकेको आरोप लगाएको देख्दा आश्चर्य लाग्दछ । जाजरकोट भूकम्पका वेला न सडक अवरुद्ध थियो । नत मौसमी प्रतिकुलता नै थियो । निरास बनेका जनतामा आशा जगाउन त्यतिवेलाको प्रमुख प्रतिपक्ष राज्यपक्ष भन्दा अगाडी वढेर राहत र उद्धारमा जुटेको थियो । यस पटक प्रमुख प्रतिपक्षी दलको काम पीडाको समयमा राहत र उद्धारको काममा राज्यका निकायलाई सहयोग गर्न होइन आलोचनाका लागि आलोचनाको खेती गर्नेकुरामा केन्द्रीत वन्न पुगेको देखिन्छ।
यस पटकको वाढि,पैरो र डुवानका कारणले राजधानी र त्यस आसपासका क्षेत्रमा भएको क्षति अकल्पनीय थियो । राजधानी जोडने सबै वाटाहरु अवरुद्ध भएका थिए । प्रभावित क्षेत्रमा अधिकांश ग्रामिण सडक समेत अवरुद्ध थिए । लगातारको वर्षातका कारणले भिजिविलिटीको अभावमा उडानमा समेत समस्या उत्पन्न भएको थियो । त्यस्तो अवस्थामा राज्यका निकायले गरेको उद्धार क्षेत्रमा गरेको कष्टसाध्य कामलाई अनदेखा गर्नु उचित होइन । तर सत्ता वियोगका छटपटिवाट वाहिर निक्लन नसिकरहेको प्रमुख विपक्षी दल जेकुराको पनि विरोध गर्ने अभियानमा जुटेको छ ।
यस पटक सरकार विपद पर्यटनलाई रोक्न पूर्णतः सफल भयों । जाजरकोट भूकम्पको वेलामा भएको जस्तो विपद पर्यटनको पीड़ा बाढि पैरो प्रभावित क्षेत्रका जनताले बेहोर्नु परेन । यसलाई प्रतिपक्षले सरकारको कमजोरी ठानेको हो भने त्यो भएकै हो ।
जहाँसम्म क्षतिग्रस्त सड़क सुचारु गर्नेकुरामा सरकारले अपेक्षा गरिएको भन्दा छिटो सुचारु गर्न सफल भयो । विपि राजमार्गको दुरावस्था देखेकाहरुका लागि राज्यका निकायहरुले गरेको काम निकै प्रशंसनीय रह्यो । खुर्कोट-रामेछाप जोड़ने सडकमा सुनकोशी नदीले बगाएको पुलमा विलिव्रिज जडान गर्नेकुरामा नेपाली सेना र प्राविधिकहरुले प्राप्त गरेको सफलता नेपालकै सन्दर्भमा अकल्पनीय विषय हो । तर प्रतिपक्षी दल यी सबै कुरालाई अनदेखा ग़रेर आलोचनाका लागि आलोचनामा केन्द्रीत छ । वास्तवमा संकटका समयमा प्रतिपक्षी दलको यस प्रकारको कुण्ठाग्रस्त मानसिकता र व्यवहारको जति आलोचना गरेपनि कमै हुन्छ ।’
प्रतिक्रिया दिनुहोस्