समाचार

घरकाे छतबाट लडेर एक मजदुरको मृत्यु



काठमाडौँ, ८ कार्तिक । काठमाडौँमा घरको छतबाट लडेर एक मजदुरको मृत्यु भएको छ ।

आलोकनगरस्थित  घरको चौथोतलाबाट लडेर नुवाकोट बेलकोटगढी नगरपालिका–५का स्थायी बासिन्दा ४२ वर्षीय दिलबहादुर भुजेलको मृत्यु भएको हो ।  

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार काठमाडौँ महानगरपालिका–३१ आलोकनगरस्थित नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टी कार्यालय नजिक रहेको भिटु श्रेष्ठको निर्माणाधीन घरमा काम गरिरहेका बेला लडेर भुजेलको मृत्यु भएको हो

गम्भीर घाइते भएका उनको उपचारका क्रममा मीनभवनस्थित सिभिल अस्पतालमा मृत्यु भएको हो ।