काठमाडौँ, ८ कार्तिक । ‘छक्कापञ्जा ५’ले प्रदर्शनको दुई सातामा आक्रामक कमाइ गरेको छ । वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले विहिबार १४ दिनको कलेक्सन सार्वजनिक गरेको छ ।
जसअनुसार, दीपाश्री निरौला निर्देशित फिल्मले सो अवधिमा १७ करोड ६० लाख ग्रस कमाइ गरेको छ । यो कूल कमाइमा काठमाडौँ टेरिटोरी र मोफसलको कमाइको हिस्सा समान रहेको वितरक मनोज राठीले जनाए ।
उनले तेस्रो सप्ताहन्तमा १ करोड ३० लाखदेखि डेढ करोड ग्रस सम्मको प्रक्षेपण गरिएको बताए । ‘तिहारको सबै बिदा जोड्दा हामीले २० करोडको आँकडा पार गर्ने अनुमान गरेका छौं, यो कुरा प्राप्त हुने शो संख्यामा निर्भर हुनेछ’, राठीले भने, ‘यसपटकको तिहार पनि नेपाली फिल्ममय हुने पक्का छ ।’
प्रतिक्रिया दिनुहोस्