अर्थ

शिक्षकहरूले एक दिनको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्नुपर्ने



काठमाडौँ, ८ कार्तिक । शिक्षकहरूले एक दिनको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्नुपर्ने भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै शिक्षकहरूको एक दिनको तलब कोषमा जम्मा गर्न भनेको हो । सोही आधारमा मन्त्रालयले शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई एक दिन बराबरको तलब कोषमा जम्मा गर्न भन्दै पत्राचार गरेको हो । असोज १४ गते मुख्य सचिवको संयोजकत्वमा बसेको विपद् व्यवस्थापन सम्बन्धमा बसेको सचिव बैठकले कर्मचारीको तलब कोषमा जम्मा गर्ने निर्णय गरेको थियो ।