काठमाडौं, २९ साउन । मौसम खराब भएपछि देशभरका अधिकांश क्षेत्रमा हवाई उडान प्रभावित हुँदा राजधानीसँग हवाई सम्पर्कविच्छेद भएको छ । काठमाडौंबाट हुने ‘टंक रुट’ तथा दुर्गम रुटमासमेत हवाई उडान हुन नसकेपछि सबैजसो उडान प्रभावित भएका छन् ।
भारी वर्षाका कारण तराई क्षेत्रका विमानस्थल जलमग्न भएका छन्, जसका कारण शनिबारका २ सयभन्दा बढी उडानरअवतरण प्रभावित भएको विमानस्थल कार्यालयले जानकारी दिएको छ । मौसममा सुधार नआए आइतबारसमेत कुनै पनि उडान नहुने भएको छ । उडान अवरुद्ध हुँदा हजारौँ याुत्र समस्यामा परेका छन् ।
विमानस्थल कार्यालयका अनुसार तराईका कुनै पनि विमानस्थलमा शनिबार उडान हुन सकेन । आइतबार पनि यही स्थिति रहने कार्यालयको अनुमान छ । काठमाडौंबाट मात्र दैनिक ३ सयभन्दा बढी उडानरअवतरण हुने गरेको छ । शनिबार पोखरा, भैरहवा, भरतपुर तथा धनगढीमा मात्र उडान भएको विमानस्थल कार्यालयले जनाएको छ ।
बाँकी कुनै पनि क्षेत्रमा उडान हुन सकेन । काठमाडौंबाट मात्र नभएर अन्य विमानस्थलबाट हुने दुर्गम क्षेत्रको समेत उडान प्रभावित हुँदा सबैजसो क्षेत्रमा हवाई सम्पर्क विच्छेद भएको हो । कारोबारमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्