शैक्षिक

बाढीले तराईका जिल्ला जलमग्न, ३६ को मृत्यु, १२ जना बेपत्ता



काठमाडौं, २९ साउन । विगत कहिदिनदेखि परिरहेको अविरतल वर्षाका कारण मुलुकभरमा गरी ३६ जनाको मृत्यु हुनुका साथै १२ जना बेपत्ता भएको गृहमन्त्रलायले जनाएको छ ।

शनिबर रातिसम्म मलुकका ११ जिल्लाहरु पाँचथर, सिन्धुली, मोरङ, सुनसरी, सर्लाही, बारा, दाङ, बाँके, मकवानपुर र पाल्पामागरी ३६ जनाको मृत्यु भएको गृहमन्त्रालयद्वारा शनिबार साँझ गृहमन्त्रालयद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

यसैबीच गृहमन्त्रालयले बाढीपीडितहरुको खोज, उद्दार र राहत कार्यमा सहयोग पुर्याउन र समस्यामा परेका परिवारहरुलाई दैनिक जीवनमा आवश्यक पर्ने खाद्यान्न लगायतका सामग्रीहरु उपलब्ध गराउने कार्यमा आ–आफ्नो तर्फबाट सहयोग गर्न उद्योगी, व्यवसायी, सामाजिक क्षेत्रमा क्रियाशिल संघसंस्थाहरुलगायत सबैमा अपिल गरेको छ ।

तत्काल राहतका लागि अधिकांश जिल्लका जिल्ला दैवीप्रकोप उद्दार समितिहरुबाट आवश्यक खाद्यन्नहरु स्थानीय स्तरबाट खरिद गरी वितरण गरिएको र नेपाल खाद्य संस्थानका विभिन्न डिपोहरुबाट प्रभावित परिवारलाई खाद्य सामग्री वितरण गर्न प्याकेजिंग गर्ने काम भइरहेको पनि मन्त्रालयले जनाएको छ ।