राजनीति

राजेन्द्र महतोले दिए दल दर्ताको निवेदन



काठमाडौँ, ९ कार्तिक । राजेन्द्र महतोले दल दर्ताका लागि निवेदन दिएका छन् ।

आज निर्वाचन आयोगमा राष्ट्रिय मुक्ति पार्टी, नेपाल दर्ताका लागि निवेदन दिएका हुन् । 

पार्टीको अध्यक्षमा महतो रहेका छन् । १७३ सदस्यीय केन्द्रीय समिति रहने गरी निवदेन दिइएको नेता केशव झाले जानकारी दिए ।
 
नेता झाका अनुसार आयोगमा अध्यक्षसहित १७३ जना केन्द्रीय समितिमा रहनेगरी निवेदन पेस गरेको हो । चुनाव चिह्न माछा माग गरिएको छ । 

लोकतान्त्रिक समाजवादी पार्टी छाडेर महतोले राष्ट्रिय मुक्ति क्रान्ति, नेपालको घोषणा गरेका थिए ।