राजनीति

 सरकारविरुद्ध माओवादीको खबरदारी जुलुस



काठमाडौँ, १० कार्तिक । सरकारविरुद्ध नेकपा माओवादी केन्द्रले काठमाडौँमा खबरदारी जुलुस निकालेको छ ।

बेथिति, भ्रष्टाचार, महंगी र सरकारको जनविरोधी कदमविरुद्ध भन्दै माओवादी केन्द्र वाग्मती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिको अगुवाइमा खबरदारी जुलुस निकालिएको हो । 

सुन्धाराबाट सुरु भएको जुलुस रत्नपार्क, बागबजार हुँदै प्रदर्शनीमार्गमा पुगेर खबरदारीसभामा परिणत भएको थियो ।

माओवादी केन्द्रले १० बुँदे एजेण्डासहित प्रदर्शन गरेको हो ।

विपद्  व्यवस्थापनमा देखिएको सरकारको असंवेदनशीलता, गैरजिम्मेवारीपन र योजनाविहीनताका कारण बेपत्ताहरूको खोजी, राहत वितरण, घाइतेको उपचार, अस्थायी आवास निर्माणलगायत पुनर्निर्माण तथा पुनर्स्थापनाको कार्यान्वयन गराउन खबरदारीसभा आयोजना गरिएको माओवादी केन्द्रले जनाएको छ ।